Kath khabar
राष्ट्रिय फुटबलटिमबाट बाहिरिएका खेलाडीलाई आगामी प्रशिक्षणमा फिर्ता बोलाउने एन्फाको निर्णय


             काठमाडौं, असार ९ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  राष्ट्रिय फुटबल टोलीबाट बाहिरिएका १० राष्ट्रिय खेलाडीलाई स-सम्मान आगामी प्रशिक्षणमा फिर्ता बोलाउने निर्णय गरेको छ ।

गत वैशाखमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग ब्यवस्थापनको विषयमा भएको विवादको कारण रोहित चन्द, अञ्जन विष्ट, अनन्त तामाङ, विशाल राईलगायत १० खेलाडीले मैदान छाडेका थिए। अल्मुताइरीले खेलाडीलाई समर्थन गरेको आरोपमा नियमित कप्तान किरण चेम्जोङलाई समेत राष्ट्रिय टिमबाट बाहिर राखेका थिए ।

एन्फाको नवनिर्वाचित पहिलो कार्यसमितिको बैठकले राष्ट्रिय टिमबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update