काठमाडौं, असार ८। आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुन्छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमा बुबाले राखेका हुन्छन् । उनीहरूको पालनपोषण, शिक्षादीक्षा, विवाह, व्रतबन्ध आदि अविस्मरणीय रहोस् भन्ने इच्छा सबै अभिभावकको हुन्छ । छोरा छोरीको विवाह अभिभावकको लागि एक अमूल्य क्षण हुन्छ ।
यसै क्षणलाई यादगार बनाउन कुश्मा निवासी मेनका रेग्मीले आफूले सानो सानो रुपमा बचत गरी जम्मा भएको रकमबाट आफ्ना छोरी ज्वाइँलाई उपहार स्वरुप जीवन बीमा गरिदिनुभएको छ। जीवनमा आइपर्न सक्ने जोखिम बहन र बचत पनि होस भन्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेका छोरी ज्वाइँ, पुजा रेग्मी र सुझाब आचार्यको जीवन सुखमय होस भन्ने कामना सहित बीमा गरिदिनुभएको हो ।
कम्पनीको कुश्मा शाखाबाट जारी गरिएको उक्त बीमा योजना सूर्या लाइफका एजेन्सी विभाग प्रमुख, यज्ञ बहादुर राउतले वैवाहिक समारोहमै गएर हस्तान्तरण गर्नु भएको थियो । सूर्या सुरक्षित योजना र सूर्या सुरक्षा कबज सहितका यो योजनाले जीवनमा विपत्तिले निम्त्याउन सक्ने आर्थिक समस्याको भार न्यून गर्ने र जोखिम बहन पनि हुने हुदाँ सबैलाई जीवन बीमा गर्न मेनका रेग्मीले सुझाव दिएकी थिइन् । हाँसी खेली घुमेको माइतिघर छोडेर गएकी छोरीका लागि सदैव आमाको चिनो यो कोसेली स्वरुप आफ्ना छोरी र ज्वाइँ दुवैको बीमा गरिदिएको कुरा उहाँले व्यक्त गर्नु भयो ।
बीमाले जोखिम बहन गर्नुका साथै भविष्यको लागी बचत पनि हुने भएकोले दुलही अन्माउँदा बीमा योजना उपहार दिने एक नौलो र उत्कृष्ट अभियान अहिले चलेको देख्दा जीवन बीमाको महत्व प्रति जनमानसमा सचेतना बढेको भन्ने कुरामा विश्वस्त रहेको कुरा समाहरोमा उपस्थित आफन्त र जन्ती पक्षले बताएका छन् ।