काठमाडौं, असार १०। बज्र कला कुञ्जले गत २०७८/७/२५ मा पंचली भैरव सांस्कृतिक नाटक मञ्चन गरिरहेको सर्वविदितै छ । उक्त पंचली भैरव सांस्कृतिक नाटकको पुस्तक विमोचन कार्यक्रम यहि २०७९/०३/११ गते शनीबारका दिन बिहान ८ बजे कौसी थिएटर, टेकुमा सम्पन्न गरिने भएको हुँदा यहाँबाट उक्त पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ ।
बज्र कला कुञ्जका अध्यक्ष चन्द्रमान मुनिकारद्वारा लिखित उक्त सांस्कृतिक नाटकको पुस्तकमा पंचली भैरवको जात्रा लगायत यसको धार्मिक, पुरातात्विक, सांस्कृतिक तथा बैधिक महत्वको उजागर गर्नु भएको छ ।
को हुन् चन्द्रमान मुनिकार ?
चन्द्रमान मुनिकार नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार, ज्यापू प्रतिभा पुरस्कार, नेपाल सांस्कृतिक विशेष पुरस्कार र युनेस्कोको अमूर्त सम्पदाद्वारा सम्मानित हुनुहुन्छ। बुद्धिजममा मास्टर्स डिग्री तथा एम.कम गर्नुभएका चन्द्रमान मुनिकारले १२ वटा राष्ट्रिय बैदेशिक भ्रमण गर्नुभएको छ । उहाँ नेपालको युवा शान्ति दूत हुनुहुन्छ।