Kath khabar
स्वारेजको बार्सीलोनालाई गतिलो जवाफ, उहाँको निर्णायक गोलमा एट्लेटिकोले ला लिगा जित्यो

स्पेन, जेठ ९ । लुइस स्वारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिडले सात वर्ष पछि ला लिगाको उपाधी उचालेको छ ।

शनिबार राती भएको खेलका रियल भालाडोलिडलाई उसकै मैदानमा दुई एक गोलको जित हात पार्दै एट्लेटिकोले ११ औँ पटक स्पेनिस लिगको च्याम्पियन भएको हो ।  चिर प्रतिद्धन्द्धी रियल मड्रिडलाई उछिन्न उसलाई भालाडोलिडमाथि जित्नै पर्ने दबाब थियो । खेलको पहिलो हाफमा एट्लेटिको मड्रिड एक सुन्य गोलले पछि परेको थियो । खेलको १८  औँ मिनेटमा अस्कार प्लानोले गोल गर्नु भएको थियो । दोस्रो हाफमा एट्लेटिकोले दुइ गोल फर्काएका थियो ।

५७  औँ मिनेटमा यान्निक कारास्कोको पासमा एन्गल कोरियाले गोल गर्नुभयो । ६७ औँ मिनेटमा लुइस स्वारेजले जारी सिजन लिगको २१ ऋौँ गोल गरेपछि एट्लेटिकोको दुइ एक गोलको जित सुनिश्चित भएको हो । उरुग्वेन खेलाडी स्वारेजले खेल पछि आफुलाई एट्लेटिको विश्वास गरेर मौका दिएकोमा धन्यवाद दिनुभएको थियो । खेल सकिए लगत्तै आफुलाई करियरको उतारचढावमा सँधै साथ रहेका परिवारसँग रुँदै फोनमार्फत सम्पर्क गर्नुभएको थियो । स्वारेज यसै सिजन बार्सिलोनाबाट एट्लेटिकोमा आउनुभएको हो।

 स्वारेज बुढा भएको र उहाँको लागि कुनै योजना नभएको भन्दै प्रशिक्षक रोनाल्ड कोमनले उहाँलाई बार्साबाट निष्काशन गर्नुभएको थियो। यता गत सिजनको विजेता रियाल मड्रिड भने दोस्रो स्थानमा रहँदै लिग टुंग्याएको छ । गएराती भएको खेलमा भिल्लारियललाई दुई एक गोलले हराएपनि उपाधीका लागि पर्याप्त बनेन । यता बार्साले एइबारलाई एक सुन्य गोलले पराजित गर्यो । एट्लेटिकोको ८६, रियाल मड्रिडको ८४ तथा बार्साको ७९ अंक छ ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update