Kath khabar
इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारीसाधनको भाडा घट्यो


           काठमाडौं, असार १२। इन्धनको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने कर घटाएसँगै विभागले सार्वजनिक सवारीको भाडा घटाएको हो। नेपाल आयल निगमले असार ११ गते शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलिम पदार्थको मूल्य घटाएको थियो ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५.१० प्रतिशतले घटे अनुरुप यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।

 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update