Kath khabar
चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक

        काठमाडौं, असार १२। यहि बैशाख ११ गते बज्र कला कुञ्जले काठमाडौंको टेकुमा रहेको कौसी थिएटरमा चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक गरेको छ । प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल ,अतिथिमा भन्ते सुमंगल बिहार, चर्या गुरु यज्ञ मान पति ,लोटस रिसचर्स सेन्टरका अध्यक्ष सुरेन्द्र मान वज्राचार्य , देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य ,संगीतकार राजु सिंह ,खड्गी सेवा समितिका संरक्षक मनोज नेवाःको आतिथ्यतामा विमोचन कार्यक्रम सम्पन भएको छ ।

उक्त पुस्तक “पचली भैरव” गत कात्तिक २५ गतेदेखि मंसिर ४ गतेसम्म भएको नाटक यसै कौसी थिएटरमै  मञ्चन भएको थियो। चन्द्रमान मुनिकारले संकलन तथा कथाको निर्देशन पनि उँहाले नै गर्नु भएको हो । लेखक चन्द्रमान मुनिकारले एम कमका साथै बुद्धिजममा मास्टर्स डिग्री गर्नुभएकोछ भने नेपाल सरकारद्वारा राष्ट्रिय प्रतिभा पुरस्कार, ज्यापू प्रतिभा पुरस्कार, नेपाल सांस्कृतिक विशेष पुरस्कार तथा युनेस्कोको अमूर्त सम्पदाद्वारा सम्मानित हुनुहुन्छ भने उँहा युवा शान्ति दूत पनि हुनुहुन्छ । 

लेखक चन्द्रमान मुनिकार लेखक, निर्देशक साथै चर्या नृत्य गुरु र बज्र कला कुञ्जका अध्यक्ष पनि हुनुहुन्छ । 

पुस्तक बारे लेखकको अवधारणा :

पचली भैरब नाटकको मूख्य आशय भनेको नेपालको कला,संस्कृति, धार्मिक परम्परागत तथा साँस्कृतिक र मौलिकताको संरक्षण,सम्वर्द्धन र उत्थान गर्नु हो । नेपाल मण्डलको उत्पति यहाँको धार्मिकर साँस्कृतिक मिथकहरू अति नै लोकप्रिय मानिन्छन् । भाषावंशावली र चर्या नृत्य तथा गीतहरूमा यसका धेरै आधारशिलाहरू पाइन्छन् । नेपाल मण्डल उत्पती पश्चात् दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरबलाई दिइएको थियो । पचली भैरब सबै भैरबहरूको प्रमुख हुन् । पञ्चलिंगेश्वरको अपभ्रंस भएर पचली भएको मानिन्छ ।

पाँच प्रकारका उर्जाको लिंग उत्पती भएको बागमती र विष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा किराँती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले प्रविण योगपुरूष पलम्वर यहाँ आएर ध्यानमा बस्नु हुन्थ्यो । त्यही समयमा पचली भैरब नाटकको मूख्य आशय भनेको नेपालको कला,संस्कृति, धार्मिक परम्परागत तथा साँस्कृतिक र मौलिकताको संरक्षण,सम्वर्द्धन र उत्थान गर्नु हो । नेपाल मण्डलको उत्पति यहाँको धार्मिक र साँस्कृतिक मिथकहरू अति नै लोकप्रिय मानिन्छन् । भाषावंशावली र चर्या नृत्य तथा गीतहरूमा यसका धेरै आधारशिलाहरू पाइन्छन् ।

नेपाल मण्डल उत्पती पश्चात् दक्षिण भेगको रक्षा गर्ने जिम्मा पचली भैरबलाई दिइएको थियो । पचली भैरब सबै भैरबहरूको प्रमुख हुन् । पञ्चलिंगेश्वरको अपभ्रंस भएर पचली भएको मानिन्छ । पाँच प्रकारका उर्जाको लिंग उत्पती भएको बागमती र विष्णुमतीको दोभानमा पवित्र तीर्थस्थल पञ्चलिंगेश्वरमा किराँती राजा तान्त्रिक योग र तन्त्रमन्त्रले प्रविण योगपुरूष पलम्वर यहाँ आएर ध्यानमा बस्नु हुन्थ्यो । त्यही समयमा पचली भैरव स्थानीय नेवार सुन्दरी नै अजिमा अर्थात् रूकमणी आफ्नो कामकाजको शिलशिलामा वहाँसित भेट हुन पुग्थ्यो । दुबैबिच अगाढ प्रेम सम्वन्ध बस्यो । मुसुका गणेश अर्थात् रूद्रविनायकको जन्म भयो । पछि नै अजिमा अर्थात् रूकमणीको कारण वहाँ सिद्ध हुनुभयो । र, पचली भैरबको रूपमा स्थापित हुनुभयो ।

धेरैजसो लिखित तथा मौखिकी आधारित कथाहरू र पौराणिक भनाई र सुनाईहरूको मालाबाट यो नाटक बनाइएको हो । नेपाल मण्डलका विभिन्न भैरबहरूको र शक्तिपीठहरूलाई नियालेर हेर्दा विभिन्न किम्वदन्ती तथा भिन्न मिथक भने नरहेको होइन । हामीले नाटकलाई भाषासँगै नेपालको मौलिक नृत्यद्वारा प्रष्ट्याउन खोजेका छौं । अष्टभैरब नृत्य र अष्टमातृका नृत्य यसका ज्वलन्त उदाहरण हुन् । पचली भैरब बाह्रवर्षे नृत्य काठमाडौँ उपत्यकाका अति प्रख्यात नृत्य हो । पचली भैरब नाटकलाई हामीले एक सामाजिक सद्भाव दर्शाउने नाटकको रूपमा प्रस्तुत गर्न खोजेका छौँ । एउटै अवधारणा नआइदिएको हुनाले यस नाटकमा प्रशस्त मात्रामा छलफल गर्ने विषयहरू रहेको पाइन्छ । 




 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update