Kath Khabar
शेयर बजारमा पुन पहिरो


              काठमाडौं, असार १३। नेप्सेमा भीषण पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार २३ सय ८५ अंकले घटेर १९ सय ३३ दशमलव १३ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव दुई अंकले घटेर तीन सय ७५ दशमलव ८२ अंकमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय २९ वटा कम्पनीहरुको ४३ हजार एक सय २२ पटकको कारोबारमा ५६ लाख ४१ हजार पाँच सय ४० कित्ता शेयरखरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयरकारोबार रकम दुई अर्ब चार करोड ४८ लाख ३१ हजार नौं सय ४८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये जीवन बीमा र लगानी समुहको सूचक बढेका छन । यि बाहेक वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, लघुवित्त,  ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक र अन्य सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी ग्रुप पावर लिमिटेड, सिद्धार्थ बैंक लिमिटेड आदिको शेयरमूल्य बढेकाछन भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, प्राईम कमर्सियल बैंकको ऋणपत्र, युनाइटेड इदी मर्दी हाइड्रो पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो नेपाल लिमिटेड आदिको शेयरमूल्य भने घटेका छन । यसैगरी आज बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नागरिक लगानी कोष, हिमालयन डिस्ट्रिलरी प्रा.लि, नबिल बैंक आदि परेका छन् ।


 

 

 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update