काठमाडौं, ९ । बायर्न म्युनिखका स्टार खेलाडी रोबर्ट लेवान्दस्कीले जर्मन लिग बुन्डेश लिगामा एकै सिजन सर्वाधिक धेरै गोल गर्ने किर्तीमान बनाउनु भएको छ ।
बायर्नले घरेलु मैदानमा अग्सबर्गमाथि पाँच दुई गोलकोे शनशनीपुर्ण जित हात पार्दा उहाँले अन्तिम मिनेटमा गोल गर्नु भएको हो । जारी सिजन यो उहाँको ४१ औं गोल हो । उहाँले ४९ वर्ष पुरानो गर्ड मुलरले एकै सिजन बनाउनु भएको चालिस गोलको रेकर्ड भंग गर्नुभएको हो । जारी सिजन लेवान्दस्कीको क्लब र देशकाल लागि ४६ खेलमा ५६ औं गोल हो ।
खेलको पहिलो हाफमा घरेलु टोली बायर्नले चार शुन्य गोलको अग्रता बनाएको थियो । अग्सवर्गका जेफ्री खाओलेउको उपहार गोलमा बायर्नले खाता खोलेको थियो । २३ औं मिनेटमा सर्जन जिनाब्रीले अग्रतालाई दोब्बर बनाउनु भयो । त्यसको १० मिनेटमा किंग्सले कोमनले गोल गरि पहिलो हाफमै चार शुन्यले अघि राख्नु भयो । पहिलो अग्सबर्गको पेनाल्टी म्यानुयल नुएर बिफल बनाइदिनु भएको थियो । ६७ औं मिनेट एन्डे्र हानले गोल फर्काउनु भयो । ७२ औं मिनेटमा फ्लोरियनले गोल गर्दै अन्तर घटाउनु भयो ।
खेलको ९० औं मिनेटमा लेवान्दस्कीले किर्तीमानी गोल गरेसँगै बायर्नको पाँच दुइ गोलको प्रभावशाली जित सुनिश्चित भएको हो । योसँगै बुन्डेश लिगा समाप्त भएको छ । योसँगै बायर्नले प्रशिक्षक हान्सी फ्लिकसहित आफ्ना स्टार खेलाडीलाई बिदाई गरेको छ । यस अघि नै लिग च्याम्पियन बनेको बायर्नले फ्लिक आएयता च्याम्पियन्स लिग, दुइ बन्डेश लिगा, जमर्न कप, युएफा सुपर कप तथा क्लब विश्वकप जितेको थियो । फ्लिक २०१९ नोभेम्भरमा बायर्न आउनु भएको हो ।
डेभिड अलाभा, जाभी मार्टिनेज तथा जेरोम बोटेङले पनि बायर्नबाट आफ्नो फाइनल खेल खेल्नु भयो । खेल पछि बायर्नलाई ट्रफी दिइएको थियो । यो उसको लगातार ९ औं पटकको उपाधी हो ।