Kath khabar
अमेरिकाको सान एन्टोनियोमा एउटा ट्रकमा ४६ जनाको शव भेटियो


              टेक्सास, असार १३। अमेरिकाको सान एन्टोनियोमा एउटा ट्रकमा ४६ जनाको शव फेला परेको हृदयविदारक घटना सार्वजनिक भएको छ ।

क्सिकोका आप्रवासी ट्रकमा निसास्सिएर मरेका अमेरिकी अधिकारीहरूले बताएका छन् । उक्त ट्रक शहरको दक्षिणपश्चिममा रहेको रेलमार्ग नजिक भेटिएको हो । आद्रतायुक्त उच्च तापक्रमका कारण उनीहरूलाई श्वासप्रश्वासमा समस्या भएको अनुमान गरिएको छ ।

सोमबार सान एन्टोनियोको तापक्रम ३९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबार साँझ घटनास्थलबाट सहायताका निम्ति आग्रह भएपछि सुरक्षा अधिकारी परिचालन गरिएको सान एन्टोनियोका प्रहरी प्रमुख बिल म्याकमासले बताएका छन् । उनले मृतकहरू मेक्सीकोका नागरिक भएनभएको यकिन नभएको जनाएका छन् ।

सान एन्टोनियोका नगर प्रमुख रोन निरेनवर्गले घटनालाई ‘भयानक मानवीय त्रासदी’ भनेका छन् । गम्भीररूपमा बिरामी भएकामा १२ जना वयस्क र चारजना बालबालिका छन् । सुरक्षा अधिकारीहरूका अनुसार उद्धार गर्दा उनीहरूको शरीर ज्यादै तातो थियो ।

ट्रकको ढोका अलिकति मात्र खुला रहेको र भित्र जाँदा लाश मात्र देखिएको पनि उनीहरूले जनाएका छन् । मेक्सिकोको विदेश मन्त्रालयका अधिकारी घटनास्थलतर्फ प्रस्थान गरेका बताइएको छ । टेक्सासका गभर्नर ग्रेग एबोटले राष्ट्रपति बाइडेनको घातक खुला सीमा नीतिका कारण उक्त घटना भएको ट्वीटरमा टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update