Kath khabar
२ हजार ७ सय ९८ जनामा परिक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि




       काठमाडौं, असार १४। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुबाट कुल २ हजार ७ सय ९८ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या र्२ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update