
काठमाडौं, असार १४। नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन २३ अंकले घटेको नेप्से आज मंगलबार पनि ११ दशमलव ८२ अंकले घटेर १९ सय २१ दशमलव ३१ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव २२ अंकले घटेर तीन सय ७२ दशमलव ६० अंकमा सीमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय ३० वटा कम्पनीहरूको २३ हजार एक सय ३२ पटकको कारोबारमा ३० लाख ३७ हजार छ सय ३० कित्ता शेयर कारोबार भएकाछन । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब पाँच करोड ८२ लाख ४६ हजार चार सय ७२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक र जीवन बीमा सहितका दुई वटा समुहहरूको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत, फाइनान्स निर्जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष र लगानी समुह सहितका ११ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, लक्ष्मी बैंक आदिको शेयर मुल्य बढेका छन् भने लक्ष्मी इक्विटी फन्ड, घलेम्दी हाइड्रो पावर कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, युनाइटेड इदीमर्दी हाइड्रो पावर कम्पनी, बुद्धभूमि नेपाल हाइड्रो पावर नेपाल लिमिटेड आदिको शेयर मूल्य भने घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एसियन लाइफ इन्स्योरेन्स कम्पनी, न्यादी ग्रुप पावर लिमिटेड, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन् ।