
काठमाडौं, असार १५। नेप्सेमा पुरै हरियाली देखिएको छ । सातको चौंथो कारोबार दिन आज बुधबार नेप्से ४१ दशमलव ३९ अंकले बढेर एक हजार नौं सय ६२ दशमलव ७१ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ५५ अंकले बढेर तीन सय ७९ दशमलव १५ अंकमा पुग्न सफल भएको छ ।
आज नेप्सेमा दुई सय २८ वटा कम्पनीहरुको २९ हजार चार सय ३४ पटकको कारोबारमा ४३ लाख ६८ हजार चार सय ३९ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ४३ करोड १४ लाख छ सय ४१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले बढेपछि नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, अरुण हाइड्रो पावर कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने घलेम्दी हाइड्रो पावर कम्पनी, मैलुङखोला जलविद्युत कम्पनी, समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने एसियन लाइफ इन्स्योरेन्स कम्पनी, बरुण हाइड्रो पावर कम्पनी, न्यादी ग्रुप पावर लिमिटेड आदि परेका छन् ।