अभद्र व्यवहारको आरोप लागेकी प्रदेश स्वास्थ्य राज्यमन्त्री वलीद्वारा राजीनामा
रुपन्देही, असार १५। लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।
वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बसेको प्रदेशसभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।
गत जेठ अन्तिममा दाङका वाइसिएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय