रवि लामिछानेले प्रस्ताव गरेको चुनाव चिन्ह ‘घण्टी’ नपाउने
काठमाडौं, असार १५। रबि लामिछानेले घोषणा गुर्नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ ।
लामिछानेले चुनाव चिन्ह ‘घण्टी’ प्रस्ताव गरेर निर्वाचन आयोगमा दर्ता गर्ने बताए पनि सो चिन्ह ‘राष्ट्रवादी दल’ले लिइसकेको भेटिएको छ । यसअघि २०७३ मंसिर ३० गते दर्ता भएको राष्ट्रवादी पार्टीले 'घण्ट' चिन्ह पाएको थियो ।
लामिछानेले गएको मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९ १६:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय