Kath khabar
एन आई सी एशियाको ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’


          काठमाडौं, असार १६ । देशको दूरदराजमा रहनुभएका लाखौं ग्राहकहरू माझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले यही असार १२ गते देखि निक्षेप रकमको १० गुणा रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस आकर्षक योजना व्यक्तिगत, संस्थागत एवं रेमिट्यान्स ग्राहक लक्षित गरि ल्याइएका छन् ।

हाललाई छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ता महानुभावहरूले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार डबल देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जा समेत लिन सक्नुहुनेछ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैंयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनीय फाइदाहरुसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ग्राहक महानुभावहरूको अत्यन्त उत्साहजनक सहभागिता रहि आएको छ ।

आम जनमानसको बैङ्किङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रूपको अध्ययन तथा विश्लेषण गरी बैंकको निक्षेप योजनाहरूलाई सोही अनुरूप निरन्तर रुपमा थप ग्राहकमैत्री, प्रभावकारी तथा बैङ्किङ क्षेत्रकै सर्वश्रेष्ठ फाइदाहरूले भरिपूर्ण हुने सुनिश्चित गर्दै जाने यस बैंकको नीति तथा रणनीति रहेअनुरुप बैंकले यस अघि लिएर आएको निक्षेप खाताहरूमा पाइने फाइदा भन्दा अझ बढी फाइदाहरू रहेको मौज्दातको रकममा १० गुणा रकम फिर्ता हुने ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याइएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसङ्ख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब तीन अर्ब १६ करोड रुपैंयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । योजनाको विभिन्न अवयवहरुलाई निम्नानुसार तालिकामा देखाइएको छ।

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update