Kath khabar
विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च सम्मान ग्रामी सदस्यका लागि मनोनयनमा

        काठमाडौं, असार १६ ।  नेपाली भाषी गायक विपुल क्षेत्री विश्व संगीतको सर्वोच्च सम्मान ग्रामी सदस्यका लागि मनोनयनमा परेका छन् । रेकर्डिङ स्कुलले क्षेत्री सहित २,००० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्गीत निर्मातालाई समावेश गरेको छ । सदस्य छनोट हुने बित्तिकै क्षेत्रीले ग्रामी अवार्ड २०२२ मा भोट गर्न सक्नेछन् ।

यहि हप्ता क्षेत्रीलाई रेकर्डिङ एकेडेमीमा सामेल हुन आमन्त्रित गरियो, जुन उनले स्वीकार गरे। क्षेत्री अन्तर्राष्ट्रिय संगीतको लागि ग्र्यामी, ओस्कार अवार्डका लागि मनोनित हुने पहिलो नेपाली भाषी गायक हुन्।

"यस भूमिकाले तपाइँको रचनात्मकता, नेतृत्व र रेकर्डिङ सीपलाई बढाउँछ," ग्रामीले क्षेत्रीलाई बधाईको विज्ञप्तिमा भने। ग्रामीले यस वर्ष २,००० सदस्यहरू प्राप्त गरेको छ र यसलाई सङ्गीतकारहरूको साहसी पुस्ताको रूपमा वर्णन गरिएको छ।

भारतको कालिम्पोङमा जन्मेका क्षेत्रीले २०१४ मा आफ्नो डेब्यु एल्बम ‘स्केच अफ दार्जिलिङ’ मार्फत आफ्नो करियर सुरु गरेका थिए। एल्बम ‘माया’ २०१६ मा प्रकाशित भएको थियो भने 'समय' २०२१ मा रिलिज भैसकेको छ ।

उनका हिट गीतहरू वसन्त, गहिरो गहिरो, आशिष टिस्टा र मुग्लान समावेश छन्। रिपोर्टका अनुसार ग्रामी अवार्डले संस्थालाई थप समावेशी बनाउन यस्तो प्रयास गरेको हो। 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update