Kath khabar
गुन्यु चोली संस्थाद्वारा लामाटारमा वृक्षारोपण कार्यक्रम सम्पन्न


          ललितपुर, असार १६। नेपाल संस्कृति संरक्षण समाज अन्तर्गत 'गुन्यू चोली तथा सांस्कृतिक पोशाक सचेतना राष्ट्रिय अभियान संस्था'द्वारा आयोजित 'वृहत वृक्षारोपण कार्यक्रम २०७९' असार १६ गते बिहीबार बिहान ८ बजे पदाली सामुदायिक वन महालक्ष्मी नगरपालिका-९ लामाटारमा वृक्षारोपण गरेर सम्पन्न भएको छ ।

स्वच्छ, हराभरा पर्यावरणका लागि बाढी, पहिरो र भूक्षय रोकथामका लागि वृक्षारोपण अति नै आवश्यक अभियान हो । बदलिदो मौसमी प्रभावबाट विश्व पर्यावरणलाई जोगाइराख्न प्रत्येक सचेत नागरिक अग्रसर भई धर्ती बचाउने काममा सरिक होऔँ भन्ने नाराका साथ सम्पन्न भएको हो । 

कार्यक्रम महालक्ष्मी नगरपालिका-३ का नवनिर्वाचित वडा सदस्य लायन शशिधर पोखरेल, सामुदायिक वनका अध्यक्ष राजाराम पौडेल, वडा नं. ४ का पूर्व वडाअध्यक्ष लक्ष्मण रोक्का, समाजसेवी शिव कट्टेल, वन समन्वय समितिका अध्यक्ष केदार पोखरेल, समाजसेवी बिना केसी, तथा कार्यक्रमका समन्वयकर्ता टोल विकास समितिका सचिव सुरेश पोखरेल, अति सशक्त समाजसेवी गोपी कार्की लगायत स्थानीय बासिन्दा र नेपाल संस्कृति संरक्षण समाजका पदाधिकारीहरू र सदस्यहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको गुन्यू चोली तथा सांस्कृतिक पोशाककी अध्यक्ष लक्ष्मी भद्राले जानकारी दिनुभयो ।

 

 


 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update