Kath Khabar
एकै दिन ७४ अंकले बढ्यो नेप्से



          काठमाडौं, असार १६। नेप्से उच्च अंकले बढेको छ । आज बिहीबार नेप्से एकै दिन ७४ दशमलव ९३ अंकले बढेर दुई हजार ३७ दशमलव ६४ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ १२ दशमलव ६३ अंकले बढेर तीन सय ९१ दशमलव ७८ अंकमा कायम रहेको छ ।

नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको ४७ हजार तीन सय ९२ पटकको कारोबारमा ७२ लाख ५४ हजार ७० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार चार सय ९५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ वटा समूहहरू मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढ्दा नेप्से पुरै हरियो देखिएको छ ।

नेप्सेमा आज कारोबार भएका कुल कम्पनीहरू मध्ये नेपाल फाइनान्स, आँधीखोला लघुवित्त वित्तीय संस्था, नेपाल हाईड्रो डेभलपर लिमिटेड, नबिल इक्विटी फन्ड आदिको शेयर मूल्य बढेका छन भने ग्लोबल आईएमई बैंकको ऋणपत्र, नारायणी डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो पावर कम्पनी आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नेशनल हाइड्रो पावर कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था, बरुण हाइड्रोपावर कम्पनी लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update