भक्तपुर, असार १७ । बिहीबार असार शुक्ल प्रतिपदाको दिन भक्तपुरको टौमढी टोलमा अवस्थित ङातापोल (पाँचतल्ले) मन्दिरको वर्षबन्धन मनाइएको छ। स्थानीय भाषामा यसलाई ‘भूषादान’ भनिन्छ।
नेपाल संवत् ८२२ मा आजकै दिन निर्माण सम्पन्न भएको यो मन्दिरले बिहीबार ३२० वर्ष पूरा गरेको छ। यस दिन अवालहरुले पूजा गरी मन्दिरको गजुरमा झण्डा राख्ने गर्दछन् जसलाई झण्डोत्तोलन भनिन्छ। मन्दिरमा झण्डा फहराउनका लागि तुछिमलाको अवालबाहेक अरुलाई मन्दिरमाथि प्रवेश गर्न निषेध रहेको छ ।
प्रत्येक वर्षझैँ यो वर्ष पनि करिब एक दर्जन अवालहरु मन्दिरमाथि गएर झण्डा फहराएका थिए । करिव १ हजार ५,२० फिट लामो पाटसहितको बाँसमा ६६ इन्च लम्बाइ र ४४ इन्च चौडाइको सेतो कपडामा रातो चन्द्र आकार भएको ठूलो झन्डा फहराइएको हो।
राजा भूपतीन्द्र मल्लले बनाएको यो मन्दिर को उचाइ १०८ फिट रहेको छ। नेपालकै अग्लो मन्दिर रहेको यो मन्दिर मात्र ६ महिनामा तयार भएको कथन छ ।