
काठमाडौं, असार १७। नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने आठ दशमलव ८७ अंकले घटेर दुई हजार २८ दशमलव ७७ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव १७ अंकले घटेर तीन सय ८८ दशमलव ६२ अंकमा सीमित हुन पुगेको छ ।
आज दुई सय २० वटा कम्पनीहरुको २८ हजार आठ सय ६४ पटकको कारोबारमा ३६ लाख ६३ हजार एक सय १० कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ४५ करोड ९३ लाख एक हजार तीन सय ८८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये फाइनान्स र लघुवित्त समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष, लगानी र ट्रेडिङ समुहको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने स्टान्डर्ड चार्टड बैंक, युनाइटेड इन्स्योरेन्स कम्पनी, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन् ।