Kath Khabar
रवि लामिछानेको स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता


 

            काठमाडौं, असार १७। रवि लामिछाने नेतृत्वको नयाँ राजनीतिक दल आयोगमा दर्ता भएको छ। शुक्रबार निर्वाचन आयोगले लामिछानेलाई दल दर्ताको प्रमाण पत्र दिएको छ।

यस्तै पार्टीले चुनाव चिह्न गोलाकारभित्रको घण्टी पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँगै निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १८७ पुगेको छ ।

लामिछानेले असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएको थियो । नामलाई लिएर विरोध भएपछि लामिछानेले नाम परिवर्तन गर्नसक्ने बताउनु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update