
काठमाडौं, असार १९। नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से ५७ दशमलव ६१ अंकले बढेर दुई हजार ८६ दशमलव ३८ अंकमा कायम रहेको छ । यसैगरी सेन्सिटिभ पनि १० दशमलव २२ अंकले बढेर तीन सय ९८ दशमलव ८४ अंकमा कायम रहेको छ । आज दुई सय ३१ वटा कम्पनीहरूको ४५ हजार एक सय २० पटकको कारोबारमा ६२ लाख २७ हजार छ सय ९२ कित्ता शेर किनबेच भएका छन् । जसबाट कुल कारोबार रकम दुई अर्ब ४८ करोड चार लाख ७३ हजार नौ सय ९९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सूचक १६ दशमलव ८३ अंकले बढेर १३ सय ८९ दशमलव पाँच अंकमा चढेकोमा विकास बैंक समुहको सूचक पनि एक सय १८ दशमलव पाँच अंकले बढेर तीन हजार छ सय छ दशमलव ८० अंकमा चढेको छ ।
जलविद्युत समुहको सूचक पनि एक सय २८ दशमलव २५ अंकले बढेर २४ सय चार दशमलव ७० अंकमा पुग्दा निर्जीवन बीमा समुहको सूचक पनि एक सय ८१ दशमलव ५१ अंकले बढेर आठ हजार चार सय ५६ दशमलव २२ अंकमा पुगेको छ । यि बाहेक जीवन बीमाका समुहको सूचक पनि एक सय ७० दशमलव ४९ अंकले बढेर १० हजार एक सय छ दशमलव २५ अंकमा पुग्दा फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समुहहरूको सूचक पनि बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, अपरतामाकोसी हाइड्रो पावर कम्पनी, सान्जेन हाइड्रो पावर कम्पनी आदिको शेर मूल्य बढेका छन् भने तारागाँउ रिजेन्सी होटल लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स कम्पनी आदिको शेर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा न्यादी ग्रुप पावर लिमिटेड, अपर तामाकोसी हाईड्रो पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।