Kath khabar
सरकारलाई खर्चको अभाव

काठमाडौं, जेठ ९ । चालुु आर्थिक बर्षको बजेटमा घोषणा भएअनुुरुप नेपाल राष्ट्र बैंकले सरकारको लागि पुन एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले जेठ नौ गते अर्थात आईतबार आगामी असार मसान्तसम्ममा सरकारको लागि उठाईने आन्तरिक ऋणको निष्काशन तालिका सार्वजनिक गरेको हो ।

उक्त ऋण निष्काशन तालिका अनुसार राष्ट्र बैंकले आगामी असार मसान्तसम्ममा ६९ अर्ब ५० करोड रुपैयाँ बराबरको टेर्जरी बिल, ४० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र दुुई अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने छ । यसअघि अर्थात पहिलो चौमासमा पनि राष्ट्र बैंकले ५७ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको थियो भने दोस्रो चौमासमा ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको थियो ।

चालु आर्थिक बर्षभित्रमा कुुल दुुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य रहेकोमा सोहीरुपमा उक्त ऋण निष्काशनको तालिका सार्वजनिक गरेको जानकारी राष्ट्र बैंकले दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update