काठमाडौं, असार २०। नेपालमा पनि ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बिए डट फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको अनुवांशिक परीक्षणमा ओमिक्रोनको नयाँ सब-भेरिएन्ट ‘बिए डट फाइभ’ पुष्टि भएको हो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले भने आफूलाई नयाँ उपप्रजाति भेटिएको औपचारिक जानकारी नभएको बताएको छ । ‘
‘ओमिक्रोनको प्रजाति भएकाले संक्रमण बढाउँन सक्ने तर, यसले गर्ने असरबारे कसैले आँकलन गर्न नसकेकोे चिकित्सक बताउछन् । केही दिनयता नेपालमा पनि कोरोना संक्रमणमा बढ्दै गएको छ ।
अफ्रिकाबाट सुरु भएको ‘बिए डट फाइभ’ प्रजाति हाल एक सय १० देशमा पुगेको छ । भारतमा संक्रमणमा निरन्तर वृद्धि भएपछि त्यसको असर नेपालमा पनि देखिएको हो । संक्रमण दर बढ्दै गएपछि नयाँ भेरियन्ट वा सब-भेरियन्ट भित्रिएको आशंका गरिँदै आएको थियो ।