Kath khabar
मंगलबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक


       काठमाडौं, असार २०। भोलि मंगलबार नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । सो दिन छ वर्षे अवधिको “विकास ऋणपत्र २०८५ “च” (६ वर्षे) जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ऋणपत्रको निष्कासन मिति २०७९ असार २२ गते तोकिएको छ भने सावाँ भुक्तानी मिति २०८५ असार २२ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ भने ऋणपत्रमा अर्धवार्षिकरूपमा व्याज भुक्तानी हुने र आर्जित ब्याजदरमा व्याजकर समेत लाग्ने छ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने छन् । बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब २५ करोड र ७५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म खरिद गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।     

 


 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update