
काठमाडौं, असार २०। नेप्से घट्दा कारोबार रकम भने बढेको छ । साताको दोस्रो कारोबार दिन आज सोमबार नेप्से नौं दशमलव ७५ अंकले घटेर दुई हजार ७६ दशमलव ६७ अङ्कमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ६८ अंकले घटेर तीन सय ९६ दशमलव १५ अंकमा सीमित हुन पुगेको छ ।
आज नेप्सेमा दुई सय ३४ वटा कम्पनीहरूको ७५ हजार सात सय ९० पटकको कारोबारमा एक करोड नौं लाख ८१ हजार पाँच सय ९१ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम चार अर्ब ३४ करोड ९२ लाख ७३ हजार पाँच सय ९३ रुपैयाँ २१ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार हुँदा चार वटा समुहको सूचक बढेपनि बाँकी रहेका नौं वटा समुहहरूको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, लगानी, लघुवित्त र अन्य समुहहरूको सूचक पनि घटेका छन् भने जीवन बीमा, निर्जीवन बीमा, सामूहिक लगानी कोष र ट्रेडिङ समुहहरूको सूचक बढेकाछन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन भने बैंक अफ काठमाडौंको ऋणपत्र, न्यादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य भने घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रिलरी प्रालि, उपर तामाकोसी हाइड्रो पावर कम्पनी आदि परेका छन् ।