Kath khabar
नेपहपको श्रीपेच विषयमा विवाद भएपछि मेयर बालेनले धर्मगुरुलाई बुझाए श्रीपेच


         काठमाडौं, असार २१। बज्राचार्य समन्वय परिषदले र्‍याप प्रतियोगतामा बिजेता पञ्च बुद्ध मुखलाई उपाधिको रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएपछि श्रिपेच धर्मगुरुलाई फिर्ता गरिएको छ ।

र्‍याप ब्याटल टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमनलार्ई उक्त मुकुट लगाइदिएपछि बज्राचार्य समन्वय परिषदले आपत्ति जनाएको थियो । विवाद भएपछि जानी नजानी गल्ति भएको भन्दै मुकुट महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् ।

बौद्ध धर्ममा पञ्चबुद्धको प्रतिमा अङ्कित मुखः लाई दीक्षित बज्राचार्य गुरुजुहरुले मात्रै लगाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update