
काठमाडौं, असार २१ । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन ४६ दशमलव आठ अंकले घटेर दुई हजार ३० दशमलव ५९ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ७१ अंकले घटेर तीन सय ८७ दशमलव २३ अंकमा सीमित हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको ४९ हजार चार सय १६ पटकको कारोबारमा ८६ लाख १३ हजार चार सय ८९ कित्ता खरिद बिक्री भएका छन । जसबाट आज कुल शेयर कारोबार रकम दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार दुई सय २४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, न्यादी ग्रुप पावर लिमिटेड, आँधीखोला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने घलेम्दी हाइड्रो पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, माउन्टेन हाइड्रो नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने सानिमा बैंकको संस्थापक शेयर, आशा लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर, न्यादी ग्रुप पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।