एकै दिनमा १ हजार ६ सयले घट्यो सुनको मूल्य
मंगलबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सयले घटेर प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
काठमाडौं, असार २२। मंगलबार प्रति तोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ६ सयले घटेर प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाला सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य ३० रुपैयाँले घटेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय