फेरि १ हजार ४ सय रुपैयाँले घट्यो सुनको भाउ
हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो
काठमाडौं, असार २३ । सुनको भाउ आज फेरि १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ९४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा १ हजार ६ सय रुपैयाँले घटेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महँगो भएकाले सुनको भाउ घटेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । आज चाँदीको भाउ भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय