Kath Khabar
नेप्सेमा १६ अंकले गिराव


             काठमाडौं, असार २३ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार भने घटेको छ । नेप्से आज १६ दशमलव छ अंकले घटेर दुई हजार २७ दशमलव ३२ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि तीन दशमलव ४२ अंकले घटेर तीन सय ८५ दशमलव ४९ अंकमा सिमित भएको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरुको ३१ हजार दुई सय ७६ पटकको कारोबारमा ४७ लाख ११ हजार २५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ८० करोड ६२ लाख चार हजार सात सय ६५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी सहितका १२ वटा समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आरबीबी म्युचुअल फण्, बैंक अफ काठमाडौंको ऋणपत्र, गुडविल फाइनान्स, एनआईसी एशिया सेलेक्ट फन्ड आदिको शेयर मूल्य बढेका छन् भने समिट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, इर्मर्जिङ नेपाल लिमिटेड, तेह्रथुम पावर लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड, अरुण कावेली पावर लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update