Kath khabar
उपत्यकामा फेरि थप दुई जनामा हैजा पुष्टि, बिरामी पुगे २३

         काठमाडौं, असार २३ । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले गए राति थप दुई जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो । ती दुवै जनाको अहिले उपचार भइरहेको छ ।
 
कागेश्वरी मनहरा नगरपालिकाका-६ का १२ वर्षीय बालक र काठमाडौँ-१३ का ५८ वर्षीय पुरुषमा हैजा भेटिएको उहाँले बताउनुभयो । थप दुई जनामा हैजा भेटिएसँगै अहिलेसम्म २३ जनामा हैजा भएको पुष्टि भएको छ ।
 
उहाँका अनुसार १२ वर्षीय बालकको कागेश्वरी मनहरास्थित स्थानीय अस्पतालमा र काठमाडौँका ५८ वर्षीय पुरुषको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म तीन जनाको उपचार र अन्य उपचारपछि घर फर्किसकेका छन् ।
 

 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update