
काठमाडौं, असार २४। नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से ३४ दशमलव ७१ अंकले घटेर १९ सय ९२ दशमलव ६१ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ६१ अंकले घटेर तीन सय ७९ दशमलव ८८ अंकमा सीमित हुन पुगेको छ ।
नेप्सेमा आज दुई सय १७ वटा कम्पनीहरुको २० हजार एक सय २० पटकको कारोबारमा ३० लाख ६३ हजार चार सय ५३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब १६ करोड ८४ लाख ४२ हजार चार सय ४४ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लघुवित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक घटेर नेप्से रातै भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज ग्लोबल आईएमई समुन्नत योजना-१, नबिल इक्विटी फन्ड, शिवश्री हाइड्रो पावर कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन ऊर्जा विकास कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, नागरिक लगानी कोष, अरुण कावेली पावर लिमिटेड, गोर्खाज फाइनान्स आदि परेका छन् ।