Kath khabar
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

           नारा, असार २४ ।  गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्। उनी ६७ वर्षका थिए।

हत्या गर्ने व्यक्ति सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो। भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो। गोली लागेपछि उनी भुइँमा ढलेका थिए।

समाचार विवरणहरूका अनुसार उनलाई आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ। नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ। पहिलो पटक प्रहार गरिएको गोली आबेलाई लागेको थिएन। तर दोस्रो गोली उनको गर्दनमा लाग्यो। गोली लागेपछि उनको शरीरबाट रगत बग्न थालेको थियो र उनी भुइँमा ढलेका थिए।

आबे जापानको इतिहासमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति थिए । हत्या गर्ने व्यक्ति आबेसँग असन्तुष्ट रहेको र हत्या गर्ने उद्देश्य रहेको वयान दिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update