बेइजिङ, असार २४ । राष्ट्रको जनसङ्ख्या बढाउन र देशको श्रमशक्तिमा योगदान गर्न चीन सरकारले विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन गरेको छ । देशमा गम्भीर जनसाङ्ख्यिक सङ्कट उत्पन्न हुन नदिन सरकारले विवाहित दम्पतिलाई कर र आवास ऋण, शैक्षिक लाभ लगायत नगद प्रोत्साहन उपलब्ध गराएको हो ।
गत वर्षको अन्त्यमा चिनियाँ मुख्य भूमिको जनसङ्ख्या १ अर्ब चालीस करोड १३ रहेको र नवजात शिशुको सङ्ख्या १ करोड ६२ लाखमा झरेको ग्लोबल टाइम्सले जनाएको छ । नवजात शिशु र कालगतिले मर्ने चिनियाँ नागरिकको सङ्ख्या हाराहारीमा रहेको उक्त पत्रिकाले छापेको छ ।
दशकौं सम्म चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो १ बच्चा नीतिलाई कडाइका साथ कार्यान्वयन गरेको तथा महिला अधिकारको दमनले जन्म नियन्त्रण गर्न बाध्य दम्पतिले अब ३ वटासम्म सन्तान जन्माउन पाउने भएका छन् तर विवाहित जोडी नयाँ सुविधा र प्रोत्साहन भत्ताप्रति खासै आकर्षित भएका छैनन् । १ महिला उक्त सुविधाबाट वञ्चित छन् ।
चिनियाँ महिलाहरूको बढ्दो शैक्षिक र आर्थिक विकासका कारण उनीहरूको विवाह गर्ने प्रवृत्ति पनि पुरुषको तुलनामा कम छ । गत वर्ष, बेइजिङले नयाँ जनसङ्ख्या र परिवार योजना कानून जारी गर्यो जसले चिनियाँ दम्पतीहरूलाई ३ वटा बच्चा जन्माउन अनुमति दिए पनि भरण पोषण लगायत अभिभावकीय जिम्मेवारी बहनका निम्ति बढ्दो लागतका कारण थप बच्चा जन्माउने चाहना उनीहरूमा नरहेको बताइएको छ ।