Kath khabar
मानसिक र शारीरिक स्वास्थ्यका लागि संगीत एक थेरापी

       काठमाडौं, असार २७ । हजारौं वर्षदेखि संगीत हाम्रो जीवनको महत्त्वपूर्ण भाग रहेको छ भन्ने कुरालाई कसैले नकार्न सक्दैन । संसारमा संगीतलाई हरेक संस्कृतिमा पूजा गरिन्छ किनभने संगीत हरेक संस्कृतिको पहिचान हो।

संगीत सुन्दा शरीर र दिमाग दुबै स्वस्थ रहन्छ। सबैलाई विभिन्न प्रकारको संगीतले आराम दिन्छ। संगीतले हाम्रो आत्मालाई अनौठो राहत दिन्छ। संगीत सुन्दा हामी बच्चा जस्तै शान्त, खुसी र आराम महसुस गर्छौं। अनुसन्धान भन्छ कि यदि तपाईले आफ्नो मनपर्ने संगीत सुन्नुभयो भने, तपाईको मूड खुसी हुन्छ र सोच्ने र बुझ्ने शक्ति पनि बढ्छ।

संगीत-न्यूरोसाइन्समा अनुसन्धान गर्दै गरेका मनोवैज्ञानिक डेनियल जे. लेभिटिन भन्छन् कि मानसिक र शारीरिक स्वास्थ्यको सन्दर्भमा संगीत थेरापीको नतिजा धेरै रोचक र रमाइलो छ। यो अनुसन्धानले रोग प्रतिरोधात्मक क्षमतामा पनि सकारात्मक प्रभाव पार्ने देखाएको छ ।

यति मात्र होइन, बच्चाहरुको लागि आमाको लोरी पनि महत्त्वपूर्ण मानिन्छ। किनकी लोरी सुन्ने बानीका कारण बच्चा शान्त र सतर्क रहन्छन् । बच्चालाई पनि राम्रो निन्द्रा लाग्छ र उ बारम्बार रुदैन । म्युजिक थेरापीबाट पनि गर्भावस्थामा महिलामा तनाव कम हुने गरेको पाइएको छ ।

संगीत सुन्ने बानीले आत्मा र शरीरको लागि औषधीको रूपमा काम गर्दछ। औषधिले काम नगर्ने धेरै रोगहरूमा संगीतले आफ्नो जादुई प्रभाव देखाउँछ। किनभने संगीतले मानिसमा जिउने अनुभूति जन्माउँछ ।

संगीत भनेको गीत हो हरेक दिन २०-३० मिनेट संगीतसँग बिताउनाले हाम्रो एक्लोपन र तनाव पनि हट्छ । यसले तनाव हर्मोन कम गर्छ । महान भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइन पनि संगीत सुन्न मन पराउँथे। भौतिकशास्त्री नभएको भए आफू संगीतकार बन्ने थिए उनी भन्थे।

संगीतबाट प्राप्त हुने यी ७ स्वास्थ्य लाभहरू
– शास्त्रीय सँगीतहरू सुन्दा याद गर्ने क्षमतामा वृद्धि हुन्छ
– संगीतले मानसिक रोगलाई कम गर्न मद्दत गर्छ
– खराब मूड परिवर्तन गर्न गीत संगीत धेरै प्रभावकारी हुन्छ
– शरिरको दुखाइमा पनि संगीत सुन्दा आराम मिल्छ  
– सुत्नुअघि मनपर्ने संगीत सुन्दा राम्रो निद्रा लाग्छ
– अनुसन्धानका अनुसार संगीत सुन्दा डिप्रेसन कम हुन्छ
– संगीतले मुटुलाई स्वस्थ राख्न पनि मद्दत गर्छ

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update