फ्रान्स, जेठ १० । पेरिस सेन्ट जर्मेनको एकाधिीकार तोड्दै लिलले फ्रेन्च लिग वानको उपाधी उचालेको छ । लिलले १० वर्ष पछि फ्रेन्च लिग वानको उपाधी जितेको छ ।
गएराती अजेँलाई उसैको मैदानमा दुई - एक गोलले हार चखाँर्दै उसले समग्रमा चौथो पटक उपाधी उचालेको हो । यस अघि उसले २०१०-११ को सिजनमा उपाधी उचालेको थियो । तेस्रो पटक लिग वान जित्न उसकालाई ५७ वर्ष लागेको थियो । गएराती खेलको १० औँ मिनेटमा डेभिडको गोलमा लिलले अग्रता बनाएको थियो ।
२१ वर्षिय डेभिडले रिनाटो सान्चेजको पासमा गोल गर्नु भएको हो । पहिलो हाफको इन्जुरी समयमा यील्माजले करिब १२ यार्ड टाँढाबाट गोल गरि लिललाई दुई - सुन्यले अघि राखे। खेलको इन्जुरी समयमा अजेलो फुजीनीले गोल फर्काएपनि टिमको हार भने टार्न सक्नु भएन। अघिल्लो सिजनको बिजेता पिएसजीले भने दोस्रो स्थान रहँदै लिग टुंग्याएको छ । ब्रेष्टमाथि दुइ सुन्य गोलको जित हात पारेपनि तालिका लिललाई उछिन्न नसक्दा पिएसजी उपबिजेतामा सिमित भएको हो । २०१६-१७ को सिजन पछि पहिलो पटक पिएसजी दोस्रो स्थानमा रहेको हो । त्यो बेला मोनाकोले लिग जितेको थियो । पिएसजीले पछिल्ला ८ वर्षमा सात पटक उपाधी उचालेको छ ।