काठमाडौं, असार २७। विश्वव्यापी रुपमा अग्रणी स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा ओप्पो ए ५७ र ओप्पो ए ७७ सार्वजनिक गर्ने घोषणा गरेको छ । यी दुई नयाँ स्मार्टफोनहरु लङ्ग लास्टिङ ब्याट्री, फ्ल्यास चार्जिङ र गुणस्तरीय बनावटका साथ भरपर्दो र टिकाउ छन् । यी फोनहरुको कार्यक्षमता मनोरञ्जन का साथै उत्कृष्ट फोटोग्राफीका लागि बेजोड छन् ।
ओप्पो ए-सिरिजहरू ओप्पोको एन्ट्री-लेभल मिड-रेन्ज बजेट स्मार्टफोनहरू हुन् । यो सिरिजमा आधारभूत सुविधाहरू जारी राख्दै अघिल्लो सिरिजको तुलनामा केही सुधारहरू गरिएका छन् । यसमा प्रिमियम टुडी डिजाईन र फ्ल्यागशिप मोडलहरूबाट ट्रिकल-डाउन टेक्नोलोजी प्रयोग गरेको छ । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड-रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो । यस मोडेलहरुमा भरपर्दो गुणस्तर र गोपनीयता संरक्षण गर्ने सफ्टवेयरहरू पनि राखिएको छ ।
कम्पनीले नेपालमा ओप्पो ए ७७ र ओप्पो ए ५७ को लागि सार्वजनिक गर्ने मिति तोकेको छैन, यद्यपि यो फोन चाँडै नै सार्वजनिक हुनेछ । कम्पनीले चाँडै सोसल मिडिया ह्यान्डलहरू मार्फत यसको फिचर्स र स्पेकहरुको बारेमा जानकारी दिनेछ । यसको मोडेलहरुको बारेमा थप जानकारीको लागि ओप्पो नेपालको अफिसियल सोसल मिडिया ह्यान्डल फलो गर्नुपर्नेछ ।
ओप्पोको बारेमा
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ मा आफ्नो पहिलो मोबाइल फोन - “स्माइली फेस” लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीन प्रविधिको उत्तम समन्वयको लागि बजारमा विभिन्न स्मार्ट उपकरणहरू ल्याइरहेका छन् ।
आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो क्लाउड र ओप्पो+ जस्ता इन्टरनेट सेवाहरू पनि ओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो ६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय रहेकाछन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरका ग्राहकहरूको लागि राम्रो जीवन सिर्जना गर्न समर्पित छन् ।