Kath Khabar
धौलागिरी लघुवित्तले पायो साधारण शेयर निष्कासन अनुमति



         काठमाडौं, असार २७ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपिओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई शेयर निष्कासन अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएकोछ । साधारण शेयर निष्कासनको लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा यस अघि नै तोकी सकेको छ ।

वित्तीय संस्थाको जारी पूँजी १० करोड ३१ लाखको ३२.१०४७५३ प्रतिशत बराबरको साधारण शेयर निष्कासन गर्न लागेको हो । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङमा रजिस्टर्ड कार्यालय मार्फत आफ्नो कारोबार संचालन गर्दै आइरहेको छ ।

वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्यालयहरु र २ वटा उपशाखाहरु स्थापना गरी सेवाग्राहीहरूलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।


 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update