Kath Khabar
७७ अंकले घट्यो नेप्से, सबै सुचक घटेर नेप्से रातै


        काठमाडौं, असार २७। नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज सोमबार एकै दिन नेप्से ७७ दशमलव एक अंकले घटेर १९ सय १५ दशमलव ६१ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि १३ दशमलव तीन अंकले घटेर तीन सय ६६ दशमलव ८६ अंकमा सीमित हुन पुगेको छ ।

आज नेप्सेमा दुई सय २७ वटा कम्पनीहरूको ४५ हजार एक सय ९६ पटकको कारोबारमा ६३ लाख १३ हजार छ सय ४१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक उच्च अंकले घट्दा नेप्से राताम्मै देखिएको छ ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सानिमा बैंकको ऋणपत्र, बैंक अफ काठमाडौंको ऋणपत्र, नबिल इक्विटी फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड आदिको शेयर मूल्य बढेपनि सामलिङ पावर लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, तेह्रथुम पावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, अपरतामाकोसी हाइड्रो पावर कम्पनी, एसियन लाइफ इन्स्युरेन्स कम्पनी आदि परेका छन् ।


 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update