काठमाडौं, असार २७। काठमाडौँ महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उक्त कम्पनीलाई कारबाहि गर्नुभएको हो।
शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत २५ हजार रुपैयाँ नियमअनुसार जरिवाना गराइएको बताउनुभएको हो । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दै उहाँले भन्नुभएको छ -
'हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार रु. २५,००० (पच्चिस हजार रुपैयाँ) जरिवाना गरेका छौँ । कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउन र गरेको देखेमा यसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गर्दछौँ ।'