
काठमाडौं, असार २८। नेप्सेमा सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने ११ दशमलव ६८ अंकले बढेर १९ सय २७ दशमलव २८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव शून्य नौं अंकले बढेर तीन सय ६८ दशमलव ९५ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय २६ वटा कम्पनीहरूको ३० हजार छ सय ९६ पटकको कारोबारमा ४९ लाख ६७ हजार पाँच सय ६१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ७० करोड ७७ लाख ५२ हजार नौं सय ७८ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढ्दा नेप्सेमा पुरै हरियाली देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज सप्तकोसी डेभलपमेन्ट बैंक, सानिमा लार्ज क्याप फन्ड, रुरु जलविद्युत कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन भने नयाँ सारथी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने अरुण कावेली पावर लिमिटेड, शिवम् सिमेन्ट, अरुण कावेली पावर लिमिटेड, अपर तामाकोसी हाइड्रो पावर लिमिटेड आदि परेका छन् ।