
काठमाडौं, असार २९ । नेप्से उच्च अंकले बढेको छ । आज बुधबार नेप्से ५९ दशमलव ५४ अंकले बढेर १९ सय ८६ दशमलव ८२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ४२ अंकले बढेर तीन सय ८१ दशमलव ३७ अंकमा पुग्न सफल भएको छ ।
दुई सय २५ वटा कम्पनीहरूको ३२ हजार सात सय ८२ पटकको कारोबारमा ५७ लाख ८७ हजार एक सय २६ कित्ता किनबेच भएका छन् । जसबाट आज कुल शेयर कारोबार रकम दुई अर्ब चार करोड ४४ लाख ४३ हजार सात रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये नेपाल फाइनान्स, सिईडिबी हाइड्रो पावर कम्पनी, सिभिल बैंक, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने एभरेष्ट बैंकको संस्थापक शेयरको, सनराइज म्युचुअल फन्ड, बलेफी हाइड्रो लिमिटेड, युनाइटेड इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य भने घटेका छन् ।
शिवम् सिमेन्ट, एनआईसी एशिया बैंक, नेपाल बैंक, सिभिल बैंक आदिको भने आज बढी रकम कारोबार भएका छन् ।