काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते
काठमाडौं, असार ३०। काठमाडौंको नागार्जुनमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजेतिर नागार्जुन नगरपालिका-८ भिमढुंगा हर्सनखोलास्थित पञ्चकुमार भट्टराईको घरमा चितुवा पसेर आक्रमण गरेको थियो।
मध्यरातमा घरसँगै रहेको कुखुराको छाप्रोमा चितुवा पसेपछि लखेट्न जाँदा चितुवाले आक्रमण गरेर एकै परिवारका चार सहित छिमेकी एकजना गरी पाँच जना घाइते भएका हुन् । कुखुरा पालेको छाप्रोमा चितुवा पसेपछि हल्लाखल्ला भएको र लखेट्न जाँदा उनीहरूलाई चितुवाले आक्रमण गरेको थियो ।
घाइते भएका पाँचजना मध्ये २ जना डिस्चार्ज भएका छन् भने तीन जनाको उपचार भइरहेको छ । घाइतेहरुलाई उपचारको लागि राती नै मनमोहन अस्पताल लगिएको थियो ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय