
काठमाडौं, असार ३० । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहीबार पनि १४ दशमलव ७१ अंकले बढेर दुई हजार एक दशमलव ५३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७७ अंकले बढेर तीन सय ८३ दशमलव १३ अंकमा पुग्न सफल भएको छ ।
नेप्सेमा आज दुई सय २० वटा कम्पनीहरुको ३९ हजार एक सय ६८ पटकको कारोबारमा ६२ लाख १० हजार नौं सय आठ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार पाँच सय ९९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, फाइनान्स, लघुवित्त, होटल तथा पर्यटन, ट्रेडिङ, उत्पादनमूलक, अन्य, सामुहिक लगानी कोष र लगानी सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज एनआईबिएल प्रगति फन्ड, गुराँस लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इक्विटी फन्ड, सिद्धार्थ लगानी वृद्धि योजना आदिको शेयर मूल्य बढेका छन् भने प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी, आरबीबी म्युचुअल फन्ड, शिवश्री हाइड्रो पावर लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । एनआईसी एशिया बैंक, एसियन लाइफ इन्स्योरेन्स कम्पनी, अपर तामाकोसी हाइड्रो पावर कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।