Kath khabar
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले सिंगापुर पुगे लगत्तै पदबाट दिए राजीनामा

             कोलम्बो, असार ३१ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो पदबाट राजीनामा दिएको संसदीय सभामुखले जानकारी दिएका छन् ।

श्रीलंकाको आर्थिक संकटका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले संसदका सभामुखलाई पत्र पठाएर राजीनामा दिएको जानकारी दिएका हुन् । आर्थिक संकट र विरोधका बीच गोटाबाया राजपाक्षे बुधबार श्रीलंकाबाट भागेका थिए। उनी पहिले माल्दिभ्स पुगेका थिए, त्यसपछि बिहीबार सिंगापुर पुगेका छन् । गोटाबाया राजापाक्षेले सिंगापुर पुगे लगत्तै आफ्नो पदबाट राजीनामा दिएका  हुन् ।

श्रीलंकाको संसदीय कार्यालयको तर्फबाट गोटाबाया राजपाक्षेको राजीनामाको विषयमा पनि वक्तव्य जारी गरिएको छ । राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा संसदका सभामुखलाई प्राप्त भएको कार्यालयका सभामुखले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update