काठमाडौं, असार ३१। साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि नेप्से बढेको छ । नेप्से आज सात दशमलव ९३ अंकले बढेर दुई हजार नौं दशमलव ४६ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ७७ अंकले बढेर तीन सय ८५ दशमलव ९१ अंकमा पुग्न सफल भएको छ ।
आज नेप्सेमा आज दुई सय ३१ वटा कम्पनीहरूको २१ हजार छ सय १५ पटकको कारोबारमा ४० लाख ५१ हजार सात सय ७१ कित्ता शेयर खरिद बिक्री भएका छन । जसबाट आज कुल शेयर कारोबार रकम एक अर्ब ४५ करोड ६२ लाख ५९ हजार आठ सय ३३ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, लघुवित्त र सामूहिक लगानी कोष सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन् भने निर्जीवन बीमा, जलविद्युत, फाइनान्स, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य र लगानी सहितका छ वटा समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र, सिटिजन्स म्युचुअल फन्ड १, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन भने घलेम्दी हाइड्रो पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड, नेपाल एसबिआई बैंक आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने उपर तामाकोसी हाइड्रो पावर कम्पनी, एभरेष्ट बैक, नेपाल एसबिआई बैंक आदि परेका छन् ।