Kath khabar
सनराइज बैंकले तरलता अभावको बीचमै भित्रायो वैदेशिक ऋण



        काठमाडौं, असार ३१। सनराइज बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृतिसँगै सिम्बायोटिक्स एस ए, जेनेभा स्विट्जरल्याण्डबाट तीन वर्षको लागि अक्षेरेपी दुई अर्ब ३७ करोड (अमेरिकी डलर एक करोड ८६ लाख) को वैदेशिक ऋण भित्राएको छ । देशमा तरलता अभाव रहेको अवस्थामा वैदेशिक ऋण भित्राउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ ।

भित्राएको उक्त रकम बैंकले आफ्नो लघु र साना तथा मझौला उद्योगीहरूलाई ऋण बिस्तार गर्नेका लागि प्रयोग गर्ने जनाएको छ। उक्त ऋण रकमले बैंकको तरलता केही हदसम्म मजबुत पार्न मद्दत गर्ने बैंकको विश्वास छ। सिम्बायोटिक्स एस ए ले सनराइज बैंकको वित्तीय सूचकाङ्क, बैंकमा विद्यमान व्यापार गर्ने शैली तथा तरिका, पारदर्शिताका साथै देशको विद्यमान आर्थिक सूचकाङ्कलाई समेत मध्यनजर गरि सो ऋण प्रदान गरेको हो ।


 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update