Kath khabar
लगानी कोषद्वारा ब्याजदर परिवर्तन



          काठमाडौं, असार ३१ । नागरिक लगानी कोषले २०७९ साउन १ गते देखी लागू हुने सहभागीहरूलाई प्रदान गर्ने ब्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६ दशमलव ५  प्रतिशतको ब्याजदरलाई वृद्धि गरी ८ प्रतिशत पुर्‍याएको छ भने ८० प्रतिशत विशेष ऋण सापटीको ब्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

त्यसैगरी मिति २०७९ साउन १ देखी लागू हुने गरी आवास कर्जाको ब्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान  कोष र लगानीकर्ता हिसाब योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरेको छ ।  

कोषले बीमा तर्फका सबै कार्यक्रमहरूमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक विद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरूको कार्यक्रम सञ्चालनका लागि बीमा शुल्क सङ्कलनको कार्य गर्दे आएको छ ।

राष्ट्र सेवक कर्मचारीहरूबाट आगामी वर्षको लागि आवश्यक पर्ने बीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय बीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update