३ हजार ७ सय १८ जनामा परिक्षण गर्दा २ सय २९ जनामा कोरोना पुष्टि
मृत्यु शुन्य, ४८ जना संक्रमण मुक्त
काठमाडौं, असार ३०। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २ सय २९ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देश भरका प्रयोगशालाहरुबाट कुुल ३ हजार ७ सय १८ वटा नमूनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । यो समेत गरी नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ११ हजार ९ सय ५२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४८ जना संक्रमणमुक्त भएका छन् । यो समेत गरी नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ १८:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय